अन्तर्राष्ट्रिय

रुस र चीनका विदेशमन्त्रीहरुबीच भेट वार्ता

- एएफपीकाठमाडौं

लाओसमा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको संगठन आसियानको छलफलका क्रममा रुस र चीनका विदेशमन्त्रीहरुबीच भेटवार्ता भएको छ ।

दक्षिण चीन सागर र म्यानमारको द्वन्द्वमा केन्द्रित भई सुरु हुने आसियान वार्ताकाबीच रुस र चीनका विदेशमन्त्रीको भेटलाई अन्तर्राष्ट्रिय कुटनीति जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

रुसी विदेशमन्त्री सर्गेई लावरोभले आसियानसँगको सहयोगका मुद्दाहरूमा चिनियाँ समकक्षी वाङ यीसँगविस्तृत रूपमा छलफल गरेको बताउनुभएको छ ।

एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा र स्थिरतालाई कमजोर पार्ने उद्देश्यले केही मुलुकहरुले सैन्य–राजनीतिक संयन्त्रहरूसँग संकीर्ण गठबन्धन सिर्जना गरेको सन्दर्भमा विस्तृत छलफल गर्नुपरेको उहाँको भनाइ छ ।

छलफलमा दुवै विदेशमन्त्रीले युरेसियामा नयाँ सुरक्षा रणनीति लागू गर्ने बारेमा पनि छलफल गरेको रुसद्धारा जारी विज्ञप्तीलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।