अन्तर्राष्ट्रिय

ह्यारिसले राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिकता पाइन्

- एजेन्सी

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारका रुपमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । 

डेमोक्र्याटिक पार्टीमा भएको मतदान प्रक्रियामा उपराष्ट्रपति ह्यारिसले थ्रेसहोल्ड कटाएसंगै औपचारिक रुपमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने टुंगो लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सोसंगै ह्यारिसले राष्ट्रपति पदका लागि आगामी सोमबारसम्म उम्मेदवारको टुंगो लगाउने जनाइएको छ । ह्यारिसले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार एवं पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसंग प्रतिस्पर्धा गर्नुहुनेछ । 

ह्यारिस, अमेरिकाको प्रमुख राजनीतिक दलबाट ह्वाइट हाउसमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली महिला समेत हुनुहुन्छ । ट्रम्पलाई पराजित गरे ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।