उत्तर कोरिया पाँच वर्षपछि पर्यटकका लागि सीमा खुला गर्दै
- काठमाडौंउत्तर कोरियाले पाँच वर्षपछि फेरि विदेशी पर्यटकको लागि एउटा सहर खुला गर्ने भएको छ ।
कोभिड महामारीका कारण बन्द गरिएको सीमा डिसेम्बरमा विदेशी पर्यटकका लागि पुनः खोल्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
त्यसको लागि उत्तर कोरियाले उत्तरी पहाडी सहर सामजियोन छानेको छ । सो सहरमा चीनमा आधारित कम्तीमा दुई टुर अपरेटरले पर्यटक ल्याउने अनुमति छिट्टै पाउने आशा गरेका छन् ।
सन् २०२० को सुरुमा महामारीको सुरुवातमा उत्तर कोरियाले सीमा नाका बन्द गरेको थियो ।