अमेरिकी दबाबकाबीच इजरेलद्वारा गाजा क्षेत्रमा आक्रमण तीब्र
- काठमाडौंगाजा क्षेत्रमा जारी युद्ध अन्त्यका लागि अमेरिकी दवावकाबीच इजरेलले आक्रमण तिव्र पारेको छ । इजरेली सेनाको पछिल्लो आक्रमणमा परि ७१ जना प्यालेष्टाइनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
गाजाको केन्द्रिय शहर देइर–अल–बालाहमा बुलडोजर लगायतका सामग्री सहित इजरेली सेना अघि बढेको छ । सो क्षेत्रमा कम्तिमा १ लाख नागरिक विस्थापित भएका छन् ।
यसैविच, गाजा क्षेत्रमा जारी युद्ध अन्त्यका लागि इजरेलसंग वार्ता गर्न हमासले आफ्नो वरिष्ठ अधिकारी खालिल अल–हया नेतृत्वको टोलीलाई इजिप्ट पठाएको छ । गाजामा युद्धविरामका लागि दवाव स्वरुप प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध इजरेलमा प्रदर्शन भएको छ ।
प्यालेस्टिाईनी बन्दीहरुलाई रिहाई गर्न समेत प्रर्दशनकारीहरुले दवाव दिएका छन् । इजरेल–हमासबीच जारी युद्धका क्रममा गाजामा हालसम्म ४० हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।