अन्तर्राष्ट्रिय

वेस्ट बैंकमा इजरायली आक्रमण

- बीबीसीकाठमाडौं

इजरायली सेनाले वेस्ट बैंकको उत्तरी भागमा गरेको सैन्य कारबाहीमा दश जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । जेनिन र तुल्कार्ममा गरिएको सुरक्षा कारवाहीमा ५ हतियारधारी आतंककारीलाई मारेको दावी इजरायली सुरक्षा बलले गरेको छ ।

यस्तै, जोर्डन उपत्यकाको अल–फारा शरणार्थी शिविरमा गरेको हवाई हमलामा पाँच जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । गत अक्टोबर ७ मा इजरायलमा हमासको घातक हमला र गाजा क्षेत्रमा जारी युद्धपछि वेस्ट बैंकमा हिंसा बढेको बीबीसीले जनाएको हो ।

 इजरायली सेनाले वेष्ट ब्यांकका चार सहर जेनिन, टुल्करम, नाब्लुस र टुबासमा सैन्य कारबाही तीव्र पारेको छ ।जेनिन र तुल्कार्ममा गरिएको सैन्य आक्रमण आतंकवाद विरोधी अभियान भएको इजरेली सेनाले जनाएको छ ।

यसैबीच विश्व खाद्य कार्यक्रमले इजरायली सेनाले मानवीय सवारी साधनमा गोली प्रहार गरेको भन्दै गाजा क्षेत्रभित्र आफ्ना कर्मचारीको आवागमन स्थगित गरेको बताएको छ ।

विश्व खाद्य कार्यक्रमले अर्को सूचना जारी नभएसम्म गाजा क्षेत्रमा आफ्ना कर्मचारीहरुको आवागमन रोकिएको जनाएको हो ।