पेरुका पूर्व राष्ट्रपति फुजिमोरीको निधन
- काठमाडौंपेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित पूर्वराष्ट्रपति फुजिमोरीको राजधानी लिमामा हिजो निधन भएको उहाँकी छोरी केइको फुजिमोरीले माइक्रो ब्लगिङ् साइट एक्स मार्फत जानकारी दिएका छन् ।
फुजिमोरीले सन् १९९० को दशकमा पेरुको आर्थिक वृद्धिलाई अगाडि बढाउनु भएको थियो ।
फुजिमोरीलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग र सन् १९९० को दशकको सुरुमा दुई वटा डेथ स्क्वाड नरसंहारमा संलग्न रहेको जस्ता धेरै मुद्दामा दोषी ठहर गरिएको थियो ।
१५ वर्षभन्दा बढी कैद सजायपछि फुजिमोरीलाई गत डिसेम्बरमा लिमाको बारबाडिलो जेलबाट रिहा गरिएको थियो ।
उहाँकी छोरी केइका अनुसार फुजिमोरी सन् २०२६ मा चौंथो पटक पेरुको राष्ट्रपतिमा उम्मेदवारी दिने योजनामा हुनुहुन्थ्यो ।
आफ्नो १० वर्षको शासनकालमा धेरै भ्रष्टाचार काण्डले जनमतलाई उहाँको विरुद्धमा पुर्याएको रोयटर्सले उल्लेख गरेको छ ।
फुजिमोरीले सन् १९९० देखि २००० सम्म पेरुमा शासन गर्नु भएको थियो ।