अन्तर्राष्ट्रिय

म्यानमारमा यागी आँधीबाट ३३ जनाको मृत्यु, २ लाख बढी विस्थापित

- एजेन्सी काठमाडौं

म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीबाट कम्तीमा ३३ जनाको ज्यान गएको छ । 

२ लाख ३० हजार मानिस विस्थापित भएको त्याहाँ अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराीष्ट्रय सञ्चारमाध्यामले जनाएका छन् । त्यहाँको सैनिक सरकारले विदेशी सहायताका लागि अनुरोध गरेको छ । 

राजधानी शहर नेपिड सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा पनि ठूलो प्रभाव पारेको छ ।