अन्तर्राष्ट्रिय

डोनल्ड ट्रम्पमाथि पुनः हत्या प्रयास

- एजेन्सी

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प माथि पुनः हत्या प्रयास भएको छ । ल्फोरिडास्थित वेष्ट पामबीच गल्फ कोर्टमा ट्रम्पको हत्या प्रयास भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

पूर्व राष्ट्रपति समेत रहेका ट्रम्प भने सुरक्षित रहेको त्यहांको संघीय अनुसन्धान व्युरो एफबीआईले जनाएको छ । ट्रम्पलाई गोली प्रहार गर्ने ५८ वर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । झाडीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई गोली प्रहार गरेको थियो । प्रहरीले नियन्त्रण प्रयास गर्दा ती पुरुषले एके ४७ राइफल फालेर भाग्ने प्रयास गरेका थिए । उनको ठेगाना हवाईमा रहेको बताइएको छ ।

यसअघि गत जुलाई १३ मा एउटा चुनावी सभामा सहभागी हुने क्रममा ट्रम्पको हत्या प्रयास भएको थियो । सो समयमा ट्रम्पको कानमा चोट लागेको थियो । यसैबीच , अमेरिकामा राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमलाले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।