अन्तर्राष्ट्रिय

पेजर विस्फोटमा इजरायलको मोसाद जासुसी एजेन्सीको हात

- एजेन्सी

लेबनानमा भएको पेजर विस्फोटमा इजरायलको मोसाद जासुसी एजेन्सीको हात रहेको केही रिपोर्टहरुले दाबी गरेका छन् । सो एजेन्सीले हजारौं हिजबुल्लाह पेजरमा विस्फोटक पद्धार्थ राखेको पाइएको हो । ती पेजरहरू महिनौँ अघि लेबनानमा भित्र्याइएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहले पत्ता लगाउन सक्ने आशंका गर्दै इजरायलले पूर्व निर्धारित योजना भन्दा पहिले नै पेजरहरू विस्फोट गराएको बताइएको छ । ती पेजरहरू ताइवानको ब्रान्ड भएको पाइएको छ । यद्यपी, ताइवानको गोल्ड अपोलो कम्पनीले सो विस्फोटमा संलग्नतालाई अस्वीकार गर्दै पेजरहरू हंगेरीको कम्पनीले बनाएको र त्यसको लागि सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । 

लेबनानको बेरुत आसपास हजारौँ पेजरहरू विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय जना घाइते भएका छन् । घाइते हुनेमा लेबनानका लागि इरानका राजदूत समेत परेका छन् ।