अन्तर्राष्ट्रिय

लेबनानमा दोस्रो पटक विस्फोट

- बीबीसीकाठमाडौं

लेबनानको राजधानी बेरुत लगायत स्थानमा वाकिटकी विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

विस्फोटमा ४ सय ५० बढी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

लेबनानी सिया इस्लामिक राजनीतिक पार्टीको सैन्य समूह हिजबुल्लाहले प्रयोग गर्ने गरेको वाकिटकी बेरुतको दक्षिणी उपनगर, बेका उपत्यका र दक्षिणी लेबनानमा विस्फोट भएको हो ।

सो क्षेत्रलाई हिजबुल्लाहको गढ मानिन्छ । यसअघि मंगलबार लडाकु समूह हिजबुल्लाहका सदस्यले प्रयोग गर्दै आएको पेजर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो । हिजबुल्लाहले सो आक्रमणको पछाडि इजरेलको संलग्नता रहेको आरोप लगाएको छ ।

 इजरेलले भने कुनै प्रतिक्रिया जनाएको छैन ।