अन्तर्राष्ट्रिय

लेबनानमा लडाइँ जारी राख्न इजरायली प्रधानमन्त्री नेतान्याहुको आदेश

- एजेन्सीकाठमाडौं

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा पूर्ण बल प्रयोग गरेर लडाइँ जारी राख्न इजरायली सेनालाई आदेश दिएका छन् ।

अमेरिका, बेलायत र अन्य सहयोगीहरूले इजरायल र हिजबुल्लाहबीच २१ दिनको युद्धविरामको आह्वान गरेपछि इजरायलको सो प्रतिक्रिया आएको हो ।

यसअघि इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहको ७५स्थान लक्षित गरी रातभर सैन्य कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको बताएको छ । लेबननमा अस्थायी युद्धविराम गर्न अमेरिका सहित युरोपेली गठबन्धनले द्वन्द्वरत पक्षलाई आग्रह गरेका थिए ।