अन्तर्राष्ट्रिय

म्यानमारमा अर्को वर्ष हुने चुनावमा सहभागी हुन विपक्षीलाई जुन्ता सरकारको आग्रह

- एजेन्सीकाठमाडौं

म्यानमारमा सैन्य नेतृत्वको जुन्ता सरकारले आगामी वर्ष हुने निर्वाचनमा सहभागी हुन विपक्षी दललाई आग्रह गरेको छ ।

सरकारको दुश्मन ठानेकालाई आतंकवाद त्यागेर निर्वाचनमा सहभागी हुन जुन्ता सरकारले आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । अल्पसंख्यक समुदालसंग नजिकको सम्बन्ध रहेको द पिपुल्स डिफेन्स फोर्सलाई जुन्ता सरकारले निर्वाचनमा सहभागी हुन आग्रह गरेको हो ।

म्यानमार लामो समयदेखि गृहयुद्धमा फसिरहेको छ । म्यानमार सरकारले जारी गरेको विज्ञप्तीमा जनताका लागि हातमा हात मिलायर काम गर्नका लागि आतंकवादी गतिविधि त्यागेर राजनीतिमा र चुनावी मार्गमा आउन आग्रह गरिएको छ ।

सन् २०२१ मा चुनावी सरकारलाई कू गरी सत्ता हत्याएको सेनाले पहिलो पटक प्रतिस्पर्धीलाई चुनावी बाटोमा आउन आग्रह गरेको हो ।