अन्तर्राष्ट्रिय

अमेरिकामा हेलेन नामक आँधीबाट कम्तीमा ४३ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

अमेरिकामा आएको हेलेन नामक आँधीमा परि कम्तीमा ४३ जनाको मृत्यु भएको छ । अमेरिकाको दक्षिण पूर्वको क्षेत्रमा आएको आँधीले बाढी र डुबान ल्याएको थियो । 

आँधीले सबैभन्दा बढी फ्लोरिडा राज्यमा प्रभाव पारेको छ । सो क्षेत्रमा डुङ्गा पल्टिएको, रुख ढलेको, कारहरु डुबानमा परेको तथा सडकमा बाढी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

साथै, हेलेनको विनाशकारी प्रभाव जर्जिया, एटलान्टा, टेनेसी उपत्यका, दक्षिण र उत्तर क्यारोलिना तथा अन्य दक्षिणपूर्वी तटीय राज्यहरूमा व्यापक रूपमा देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।