अन्तर्राष्ट्रिय

मौज्दात चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो

- केएफएम डेस्ककाठमाडौं

भारतले चामलको निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ । धान उत्पादन वृद्धि हुने प्रक्षेपणकाबीच भारत सरकारले मौज्दात चामल निर्यात खुला गरेको हो ।

रुस–युक्रेन युद्ध सुरु भएसँगै खाद्यन्न आपूर्तिमा सङ्कट आउन सक्ने भन्दै भारतले चामल लगायत केही खाद्यन्न वस्तुको निर्यातमा रोक लगाएको थियो । यो वर्ष मनसुन पर्याप्त रुपमा सक्रिय भएको र धान उत्पादनमा वृद्धि हुने प्रक्षेपणकाबीच भारतले चामल निर्यात खुला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

भारतले सस्तो मूल्यमा चामल निर्यात गर्ने तयारी गरेपछि छिमेकी पाकिस्तान, थाइल्याण्ड र भियतनामलाई चामल निर्यात गर्दा मूल्य घटाउन दबाब पर्ने विश्लेषण गरिएको छ ।

भारतले गैह्र बासमती सेतो चालम निर्यात गर्दा प्रति मेट्रिक टन ४ सय ९० डलर मूल्य तोकेको छ । त्यस्तै, भारतले निर्यात कर समेत नलाग्ने व्यवस्था गरेको छ ।