अन्तर्राष्ट्रिय

जापानमा अक्टोबर २७ मा निर्वाचन हुने

- एजेन्सीकाठमाडौं

जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि निर्वाचनको घोषणा भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री बन्न लागेका नेता सिगेरु इसिबाले अक्टोबर २७ का लागि निर्वाचन घोषणा गर्नुभएको हो ।

६७ वर्षीय इसिबाले शुक्रबार लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) प्रमुखको रूपमा निवर्तमान प्रधानमन्त्री फुमियो किसिदालाई प्रतिस्थापित गर्नुभएको थियो । एलडीपीको बहुमत रहेको संसद्ले उहाँलाई भोलि प्रधानमन्त्रीमा अनुमोदन गर्दैछ । एक वर्ष अगावै हुन लागेको निर्वाचनले जापानी संसद्को तल्लो सदनमा कुन दलको नियन्त्रण गर्ने भन्ने तय गर्नेछ ।

पार्टी नेतृत्वमा विजयी भएपछि इसिबाले जापानको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने र आफ्नो पार्टीमा शुद्धिकरण गर्ने बताउनुभएको थियो । पछिल्लो समय एलडीपी विभिन्न सार्वजनिक घोटाला र आन्तरिक द्वन्द्वको विवादमा तानिएको छ ।