अन्तर्राष्ट्रिय

हिजबुल्लाहविरुद्ध स्थल हमला सुरु

- बीबीसीकाठमाडौं

इजरायलले हिजबुल्लाह विरुद्ध स्थल हमला सुरु गरेको छ । इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा गरेको हमलाले हिजबुल्लाह विरुद्धको आक्रमण निरन्तर वृद्धि भइरहेको बीबीसीले जनाएको छ ।

इजरायलको उत्तरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल खतरा हुने देखिएपछि हिजबुल्लाहको पूर्वाधार विरुद्ध सो हमला गरिएको इजरायल रक्षा बलको दावी छ ।

इजरायलका रक्षामन्त्रीले यसअघि सेना स्थलमार्गबाट हुने सैन्य कारबाहीको लागि तयार रहेको बताएका थिए । यता, हिजबुल्लाहका उप–नेताले लेबनान भित्र हुने कुनै पनि इजरायली अपरेशनको लागि आफूहरु तयार रहेको बताएका छन् ।