अन्तर्राष्ट्रिय

लेबननको राजधानि बेरुतमा इजरायको आक्रमण, ६ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

इजरायलले लेबनानको राजधानी बेरुतस्थित एक चिकित्सा सेवा केन्द्रमा हवाई आक्रमण गरेको छ ।

सो आक्रमणमा परी ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । आठ जना घाइते भएको लेबनानी अधिकारीहरुको भनाई छ । लेबनानी अधिकारीहरुका अनुसार सो चिकित्सा सेवा केन्द्र बिद्रोही समूह हिजबुल्लाहसँग सम्बन्धित छ ।

 इजरायली सेनाले बेरुतमा लक्षित हमला गरेको बताएको छ । लेबनानको संसदबाट केही मिटर टाढा बेरुतको केन्द्र नजिक इजरायलको यो पहिलो हमला हो । इजरायलले लेबनानको दक्षिणी उपनगर दहियाहमापनि गएराति पाँच अन्य हवाई आक्रमण गरेको थियो । 

 यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । अमेरिकाका राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन् ।