अन्तर्राष्ट्रिय

बंगलादेशले ५ देशका कुटनीतिज्ञलाई फिर्ता बोलायो

- रोयटर्सकाठमाडौं

बंगलादेशको अन्तरिम सरकारले भारतका राजदूत सहित ५ देशका कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।

भारत, बेल्जियम , अष्टे«लिया , पोर्चुगल, तथा संयुक्त राष्ट्रसंघका लागि स्थायी मिसनमा पठाइएका कुटनीतिज्ञलाई यथासिघ्र फिर्ता हुन निर्देशन दिइएको हो ।

अघिल्लो सरकारको पालामा जिम्मेवारी दिइएका कुटनीतिज्ञलाई परिवर्तन गर्ने गरि फिर्ता बोलाइएको बंगलादेशको विदेश मन्त्रालयलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा हाल बंगलादेशमा अन्तरिम सरकार छ । बंगलादेशमा यस अघि शेख हसिना नेतृत्वको सरकार थियो ।

विद्यार्थी आन्दोलनमा दमन गरेसंगै सर्वत्र दवाव भएपछि तत्कालीन प्रधानमन्त्री हसिना पदबाट रानीनामा दिएर मुलुक छोड्न बाध्य हुनुभएको थियो ।