अन्तर्राष्ट्रिय

लेबनानमा इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

- एजेन्सीकाठमाडौं

इजरायलले लेबनानमा गरेको आक्रमणमा परि मृत्यु भएकोको संख्या २ हजार नाघेको छ ।

इजरायलले पछिल्लो समय लेबनानको राजधानी बेरुत केन्द्रीत आक्रमण गरिरहेको छ ।

मुलुकभर १ सय २७ बालबालिका र २ सय ६१ महिला सहित मृत्यु भएकाको संख्या २ हजार नाघेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हामास लडाकूले कब्जा जमाएको भनिएको वेस्टबैंकमा इजरेली सेनाले हिजो गरेको हवाई आक्रमणका क्रममा कम्तिमा १८ जना मारिएका छन् ।

मारिनेमा हमासका नेता तुल्कारेम समेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।