अन्तर्राष्ट्रिय

चिकित्सा तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने

- एजेन्सीकाठमाडौं

यस वर्षको चिकित्सा तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एमब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । 

नोबेल पुरस्कार समितिले माइक्रो आर एन ए पत्ता लगाए वापत उनीहरुलाई चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । । उनीहरुको आविष्कारले पृथ्वीमा कसरी जटिल जीवन देखा प¥यो र मानव शरीर कसरी विभिन्न कोषहरु मिलेर बनेको छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको बताइन्छ ।

 दुई अमेरिकी वैज्ञानिलके मानव शरीरको प्रत्येक कोषमा समान प्रकारका डिएनएमा भएका आनुवंशिकबारे अध्ययन गरेका थिए । यद्यपि, मानव शरीरका कोशिकाहरू आकार र कार्यमा फरक पाइने गरेको उनीहरुले पत्ता लगाएका छन् । उनीहरु माइक्रो आर एन ए पत्ता लगाउने पहिलो व्यक्ति हुन् ।