अन्तर्राष्ट्रिय

भारतको हरियाणा विधानसभामा बिजेपीलाई अग्रता

- बीबीसीकाठमाडौं

भारतको हरियाणा विधानसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता लिएको छ ।

९० सिटका लागि चुनाव भएको हरियाणामा बीजेपीले ३७ स्थानमा जित हात पारेको छ । यो समाचार तयार पार्दासम्म बीजेपी थप १२ स्थानमा अगाडी छ । कांग्रेस आइले भने ३१ सिटमा जितेको छ भने ५ सिटमा अग्रता बनाएको छ । 

भारतीय राष्ट्रिय लोक दलले एक स्थानमा जित्दै थप एक स्थानमा अग्रता लिएको छ । स्वतन्त्र उम्मेदवारले तीन स्थानमा जितेका छन् । त्यस्तै, जम्मु कश्मिरमा जम्मु कश्मिर नेशनल कन्फ्रेन्सले ४१ स्थानमा जित हात पारेको छ । 

एक स्थानमा अगाडी छ । बीजेपीले २९ सिट मात्र जितेको छ । कंग्रेस आईले ६ स्थानमा जित हात पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।