अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा आँधीपछि १० लाख नागरिक विस्थापित

- एजेन्सीकाठमाडौं

अमेरिकाको फ्लोरिडा राज्यमा आएको आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन ।

हुरिकेन नामक आँधीका कारण सवारी जाम भएको एवं इन्धन आपूर्तिमा समस्या भएको छ ।

फ्लोरिडाको नदी तटीय क्षेत्रबाट १० लाख नागरिक विस्थापित भएको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

फ्लोरिडामा गत सोमबार मापन गरिएको आँधीको गति उच्च भएको र स्थानीय समय अनुसार बुधबार र विहिबार बाढी पहिरो जान सक्ने भन्दै स्थानीय प्रशासनले सर्तकता जारी गरेको थियो ।

सन् १९२१ यताकै सबैभन्दा ठूलो गतिको आँधीका कारण सेन्टपिटर्सबर्ग क्षेत्रमा ३० लाख नागरिक प्रभावित भएका छन् ।