अन्तर्राष्ट्रिय

चीनमा जनसंख्या सर्वेक्षण सुरु, घट्दो जन्मदर चिन्ताको विषय

- रोयटर्सकाठमाडौं

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले देशव्यापी नमुना सर्वेक्षण सुरु गर्ने घोषणा गरेको छ ।

जनसंख्या परिवर्तनलाई शुक्ष्म रुपमा अध्ययन गर्न र आर्थिक तथा सामाजिक नीतिहरूलाई राम्रोसँग योजना बनाउन सर्वेक्षण गरिन लागिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनमा घट्दो जन्मदर चुनौतीको विषय बन्दै आएको छ । सो सर्वेक्षण नोभेम्बर ३० सम्म जारी राखिने जनाइएको छ ।

यसअघि ब्यूरोले गतवर्ष पनि सर्वेक्षण गरेको थियो । तीव्र गतिमा बढ्दो वृद्धावस्था नीति निर्माताहरूको लागि चिन्ताको विषय बनेको छ ।

सन् २०३५ सम्ममा चीनमा ६० वर्ष र सोभन्दा माथिको उमेर समूह कम्तिमा ४० प्रतिशतले बढेर ४० करोडभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

सो संख्या बेलायत र अमेरिकाको जनसंख्या बराबर रहेको समेत जनाइएको छ ।