अन्तर्राष्ट्रिय

इजरायलमा सैन्य सहायता कम हुन सक्ने अमेरिकाको चेतावनी

- एजेन्सीकाठमाडौं

अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच सुधार गर्न चेतावनी दिएको छ । अमेरिकी सैन्य सहायता कम हुन सक्ने भन्दै पत्रमार्फत् अमेरिकाले चेतावनी दिएको हो ।

सोे पत्र अमेरिकाले आफ्नो सहयोगी मुलुक इजरायललाई दिएको सबैभन्दा बलियो लिखित चेतावनी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

गाजा पट्टीको उत्तरी क्षेत्रमा इजरायलले जारी राखेको तिव्र आक्रमणमा अमेरिकाको चेतावनीपूर्ण सो पत्रलाई कुटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । अमेरिकाले गाजा क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएको तथा उत्तर र दक्षिणबीचको मानवीय हलचलको ९० प्रतिशत नियन्त्रण गरेको भन्दै गहिरो चिन्ता समेत व्यक्त गरेको छ ।

इजरायलले भने पत्रको समीक्षा गरिरहेको र सो विषयलाई गम्भीरतापूर्वक लिई त्यसको सम्बोधन गर्ने जनाएको छ ।