अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्धारा दक्षिण कोरियालाई विरोधी शक्तिको उपमा

- एजेन्सीकाठमाडौं

उत्तर कोरियाले दक्षिण कोरियालाई औपचारिक रुपमै विरोधी राज्यको रुपमा नामाकरण गरेको घोषणा गरेको छ ।

 संविधान संशोधन गर्दै दक्षिण कोरियालाई विरोधी राज्यको रुपमा नामाकरण गरेको उत्तर कोरियाले पुष्टि गरेको छ । सुरक्षाको खतरा र दुई मुलुकबीच बढ्दो भूराजनीतिक तनावका कारण यस्तो निर्णय गरेको त्यहाँको राज्य समर्थित मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 यो एक अपरिहार्य र वैध उपाय भएको तथा संविधानको आवश्यकतालाई ध्यानमा राख्दै निर्णय गरिएको कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

 उत्तर कोरियाको संसद् अर्थात् सर्वोच्च जनसभाले गत साता संविधान संशोधन गरेपछि दक्षिण कोरियालाई विरोधी राज्यको रूपमा परिभाषित गरेको यो पहिलो पटक हो । 

 गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ–उनले दक्षिण कोरियाको स्थितिलाई पुनः परिभाषित गर्ने प्रस्ताव सुरु गर्नुभएको थियो ।