अन्तर्राष्ट्रिय

इजरायली सेनाको कारबाहीमा हमास नेता याह्या सिनवारको मृत्यु

- एजेन्सीकाठमाडौं

गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भएको छ । 

इजरायली विदेशमन्त्री इजरायल काट्जले हिजो गाजामा इजरायली सेनाले गरेको कारबाहीमा हमासका नेता सिनवार मारिएको बताउनुभएको हो । 

उहाँले सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड समेत रहेको दाबी गर्नुभयो । यसअघि इजरायली सेना (आईडीएफ) ले सिनवार गाजामा भएको आक्रमणमा मारिएको हो वा होइन भनि अनुसन्धान गरिरहेको बताएको थियो ।

सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा आएको छैन । यसअघि सिनवारको मृत्युको पुष्टि गर्ने सम्बन्धमा इजरायलले डीएनए परीक्षण गरिरहेको खुलासा गरेको थियो । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका प्रमुखको हत्याले गाजामा वर्षौंदेखि चलेको युद्धको अन्त्य नभएर ‘अन्त्यको सुरुवात’ भएको बताउनुभएको छ ।