अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्वय ट्रम्प र ह्यारिसबीच आरोप प्रत्यारोप

- एजेन्सीकाठमाडौं

अमेरिकामा राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा डोनाल्ड ट्रम्प र कमला ह्यारिस एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

आगामी नोभेम्बर ५ मा हुने निर्वाचन अघि पूर्वराष्ट्रपति समेत रहेका रिपब्लिकन उम्मेदवार ट्रम्प र उपराष्ट्रपति समेत रहेकी ह्यारिस एक अर्का विरुद्ध खनिएका हुन् । सिएनएन टाउनहलमा आयोजित पछिल्लो कार्यक्रममा ह्यारिसले राष्ट्रपति ट्रम्पलाई चरम अधिनायकबादीको आरोप लगाउनुभयो ।

ट्रम्पले अनियन्त्रित शक्ति चाहिरहेको ह्यारिसले टिप्पणी गर्नुभयो । ह्यारिसले भन्नुभयो, ट्रम्प तानाशाह हुन् । यसअघी जर्जियामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ट्रम्पले ह्यारिसको आर्थिक नीति गलत रहेको दाबी गर्दै ह्यारिस ट्याक्स क्वीनका रुपमा रहेको चित्रित गर्नुभएको थियो ।

यसैबीच, ट्रम्पको चुनावी अभियानमा एलन मस्कको सहयोग रकमबारे अमेरिकी कानूनी निकायले प्रश्न उठाएको छ ।