अन्तर्राष्ट्रिय

प्रदूषणमुक्त वातावरण बनाउन भारतीय उच्च अदालतको आदेश

- एजेन्सीकाठमाडौं

भारतमा प्रदूषणमुक्त वातावरण बनाउन त्यहाँको उच्च अदालतले आदेश दिएको छ । प्रदूषणमुक्त वातावरण नागरिकको पहिलो अधिकार भएको भन्दै हावालाई विशाक्त बनाउने क्रियाकलाप रोक्ने गरि तत्काल कदम चाल्न अदालतले आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

 विशेषगरी मुलुकको उत्तरी क्षेत्रमा बिग्रंदै गएको वायु प्रदूषणको समस्या समाधान गर्न सुझाइएको हो । राजधानी नयाँ दिल्लीमा हिजो वायुको गुणस्तर ३ सय ६४ एक्यूआई मापन गरिएको थियो । वायुको गुणस्तर २ सय एक्यूआई नाघेमा अति संवेदनशील मानिन्छ । सामान्यतया वायुको गुणस्तर ५० भन्दा कम भएमा त्यसलाई स्वस्थ मानिन्छ । 

दिल्लीलाई विश्वकै प्रमुख प्रदूषित शहरको रुपमा लिइँदै आइएको छ । छिमेकी राज्य पञ्जाव तथा हरियाणामा किसानहरुले अनधिकृत रुपमा कृषि क्षेत्रमा पराल लगायत अन्य वस्तु बाल्ने गरेका कारण दिल्लीको वायुमा हरेक चिसोयाममा विशाक्त वायु फैलिँंदै आएको छ । सोही कारण सर्वोच्च अदालतले पञ्जाव र हरियाणमा पराल लगायतका कृषिजन्य वस्तु अन्य तरिकाले व्यवस्थापन गर्न कदम चाल्न आदेश दिएको हो ।

 यस्तै, प्रदूषणकै कारण पाकिस्तानमा प्रमुख जनघनत्व भएको पञ्जावमा विद्यालय सयम समेत परिवर्तन गरिएको छ । बालबालिकालाई धुँवाबाट बचाउन सो कदम चालिएको त्यहाँको एक मन्त्रीले जनाएका छन् । विशाक्त हावाका कारण मानिसको औषत उमेर समेत ५ वर्षले घट्टै गएको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।