चीन र भारतद्वारा लद्दाख क्षेत्रबाट सेना हटाउने काम सुरु
- काठमाडौंचीन र भारतले पहाडी सीमा क्षेत्रमा तैनाथ गरिएका सेना हटाउने सहमती कार्यान्वयन सुरु गरेको जनाएका छन् । लद्दाख क्षेत्रमा तैनाथ सेना हटाउने सहमती कार्यान्वयनको चरणमा गएको हो ।
पछिल्लो कदम दुवै मुलुकका सेनाबिच ४ वर्ष अघि भएको झडपपछि चिसिएको सम्बन्ध सुधारको प्रयास भएको विश्लेषण गरिएको छ ।
लद्दाख क्षेत्रमा आमनेसामने हुने गरी तैनाथ गरिएका सेना पूर्ण रुपमा हटाउने क्रम सुरु भएको भारतीय सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
सो प्रक्रिया गत बुधबारदेखि सुरु भएको र यो अक्टोबर महिनाभित्र हटाइसक्ने बताइएको छ । रुसमा आयोजित ब्रिक्स सम्मेलनको पृष्ठभुमिमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा लद्दाखमा तैनाथ गरिएका सेना हटाउने सहमति भएको थियो ।
दुई मुलुकका सरकार प्रमुखबीच ५ वर्षपछि पहिलो पटक भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो ।