बेलायत, इयू र क्यानडाद्वारा म्यानमारलाई गर्दै आएको सहयोगमा थप प्रतिवन्ध
- काठमाडौंबेलायत, युरोपियन युनियन इयू र क्यानडाले म्यानमारमा अत्यावश्यक वस्तु तथा आर्थिक सहयोगमा थप प्रतिवन्ध लगाएका छन् ।
म्यानमारको सैन्य सरकारले सर्वसाधारणमाथि हवाई आक्रमण नरोकेको भन्दै ती मुलुकले थप प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
इयू र क्यानडासँगको सहकार्यमा आर्थिक सहयोगका साथै म्यानमारको सेनालाई उपलब्ध गराउँंदै आएको हवाई इन्धन, हवाई पाटपुर्जा लगायत ६ वटा विषयमा थप प्रतिबन्ध लगाइएको बेलायतले जनाएको छ ।
म्यानमारको सेनाले मानव अधिकारको उल्लंघन गरेको र हवाई आक्रमणबाट निर्दोष सर्वसाधारण प्रभावित भएको इण्डो प्यासेफिक क्षेत्रका लागि बेलायती मन्त्री क्याथरिन वेस्टले बताउनुभएको छ । सैन्य ‘कु’ मार्फत जननिर्वाचित सरकारलाई सन् २०२१ मा हटाएसँगै म्यानमारमा सेनाले सरकारको नेतृत्व गर्दै आएको छ ।