अस्ट्रेलियामा विद्यार्थी ऋण कटौती हुने
- काठमाडौंअस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विद्यार्थीको ऋण कटौती गर्ने घोषणा गर्नुभएको छ ।
३० लाख अस्ट्रेलियनहरुका लागि विद्यार्थी ऋण २० प्रतिशत घटाउने सरकारको योजना रहेको प्रधानमन्त्री एन्थोनीको भनाई छ । यसबाट कम्तिमा १० अर्ब डलर ऋण कटौती हुने अनुमान गरिएको छ ।
नागरिकको दैनिकी महँगो भएको एवं उपभोग्य क्षमतामा ह्रास आएपछि सरकारले गत मे महिनामा बजेटमा भएको घोषणा अनुसार विद्यार्थी ऋण कटौती गर्ने तयारी गरेको हो ।
सरकारको पछिल्लो योजनाले अस्ट्रेलियन विद्यार्थीलाई लाभ पुग्नेछ । औषधिलाई सस्तो बनाउने एवं घरभाडा रकममा सहायता प्रदान गर्ने कार्यक्रम सरकारले ल्याउने तयारी गरेको छ ।