उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु
- काठमाडौंभारतको उत्तराखण्ड राज्य अन्तर्गको अल्मोरा जिल्लामा बस दुर्घंटना हुँदा यो समाचार तयारपार्दासम्म ३६ जनाको मृत्यु भएको छ ।
क्षमता भन्दा धेरै यात्रु चढेको बस जीर्ण सडकबाट गहिरो खोँचमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य २० जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
दर्घटनाग्रस्त सो बसमा झण्डै ६० जना यात्रु रहेको राज्य सरकारका अधिकारीहरुलाई उद्धृत गदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । टेलिभिजनमा प्रसारित सामग्रीहरुमा चट्टानी भागमा ठोक्किएर बस चकनाचूर भएको तथा उद्धारकर्ताहरुले यात्रुहरूलाई बाहिर निकालिरहेको र स्ट्रेचरहरूमा शव बोकिरहेको देखिन्छ ।
दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाउँदै गम्भीर घाइतेलाई हवाई उद्धार गर्न आग्रह गर्नुभएको छ । बस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको राज्य सरकारका अधिकारीहरुले जनाएका छन् ।