अन्तर्राष्ट्रिय

इन्डोनेसियामा लाकी–लाकी नामक ज्वालामुखी फेरि विस्फोट

- एजेन्सीकाठमाडौं

इन्डोनेसियाको फ्लोरेस टापुमास्थित माउन्ट लेवोटोबी लाकी–लाकी नामक ज्वालामुखी फेरि विस्फोट भएको छ । गत सोमबार विस्फोट भएपछि सो ज्वालामुखी आज पुनः विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोट भएपछि स्थानीय आंतकित भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यामले जनाएका छन् । इण्डोनेसियाको ज्वालामुखी एजेन्सीअनुसार त्यहाँ सातवटा विस्फोटको घटना रेकर्ड भएको छ । विस्फोटपछि धूँवाको मुस्लो ८ हजार मिटर उचाईमा हावामा फैलिएको देखिएको थियो ।

ज्वालामुखीको वरिपरि ७ किलोमिटर क्षेत्रभित्र प्रवेश निषेध गरिएको छ । सोमबारको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको थियो । विस्फोटपछि करिब १० हजारभन्दा बढी स्थानीयलाई अस्थायी आश्रयस्थलमा सारिएको छ ।