गाजा क्षेत्रमा करिब ७० प्रतिशत महिला र बालबालिकाको मृत्यु
-इजरायलले हमास विरुद्ध गरेको कारबाहीमा गाजा क्षेत्रमा मारिएका मध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको मानव अधिकार कार्यालयको ३२ पृष्ठको प्रतिवेदनमा गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला र बालबालिका तथा अधिकाशं आमनागरिक रहेको जनाएको छ ।
सो घटनालाई लिएर राष्ट्रसंघले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरिएको भन्दै निन्दा समेत गरेको छ । हालसम्म सो युद्धमा ४३ हजारको मृत्यु हुनुका साथै ८ हजार बढि घाइते भएको प्यालेस्टेनी स्वास्थ्य अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गत बर्ष ७ अक्टोबरमा हमास लडाकुले गरेको कारबाहीमा १२ सय आफ्ना नागरिकको मृत्यु हुनुका साथै २ सय ५० भन्दा बढिलाई बन्धक बनाएपछि इजरायलले जवाफी कारबाही जारी राखेको छ ।