अन्तर्राष्ट्रिय

इजरायल हमासबीच युद्धविरामका लागि मध्यस्थता नगर्ने कतारको चेतावनी

- एजेन्सीकाठमाडौं

इजरायल र लडाकु समूह हमासबीच युद्धविराम एवं शान्ति वार्ताका लागि मध्यस्थता नगर्ने कतारले बताएको छ ।

युद्धविराम र शान्ति वार्ताका लागि इजरायल सरकार र हमास समूह दुवै जिम्मेवार नभएसम्म मध्यस्थताको प्रयास रोकिने कतारले चेतावनी दिएको हो ।

पुनः वार्ताका लागि उनीहरुकै इच्छामा निर्भर हुने कतारको विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि अमेरिका र इजिप्टसँग मिलेर कतारले लामो समयदेखि मध्यस्थता गर्दै आएको थियो ।

यद्यपि, सो प्रयास सफल हुन नसकेपछि युद्धविराम र बन्दी रिहाईका लागि भईरहेको मध्यस्थकर्ताको भूमिकाबाट बाहिरिने कतारले चेतावनी दिएको हो ।

कतारमा रहेको हमास समूहको राजनीतिक कार्यलयको भविष्यबारे आएको समाचार समेत गलत भएको त्यहाँको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।