भारतद्वारा लामो दुरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
- काठमाडौंभारतले घरेलु रुपमा विकसित लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ ।
चीन, रुस र संयुक्त राज्य अमेरिकाको जस्तै लामो दूरीको आधुनिक क्षेप्यास्त्रहरू विकास गर्न लागी परेको भारतले पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको यो परीक्षण विश्वव्यापी धक्काको रुपमा हेरिएको विश्लेषण गरिएको छ ।
भारत सरकारले विज्ञप्ति जारी गर्दै राज्य–संचालित रक्षा अनुसन्धान र विकास संगठन र उद्योग साझेदारहरु द्वारा विकसित, सशस्त्र बलहरूका लागि १५ सय किलोमिटर क्षेत्रको दायरा समेट्न सक्ने क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको छ ।
विज्ञप्तिमा ओडिशा राज्यको पूर्वी तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट परीक्षण गरिएको भनिएको छ ।