युक्रेनसंगको युद्ध विश्वव्यापी द्धन्द्ध तर्फ अघि बढ्यो : पुटिन
- काठमाडौंरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–युक्रेन युद्ध विश्वव्यापी द्धन्द्ध तर्फ अघि बढेको बताउनुभएको छ ।
अमेरिका र बेलायतले आफ्नो मुलुकमा उत्पादित हतियार रुसमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएसंगै सो जोखिम बढेको राष्ट्रपति पुटिनलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसले जवाफी आक्रमण गर्न सक्ने भन्दै पुटिनले पश्चिमा मुलुकलाई चेतावनी समेत दिनुभएको छ ।
पश्चिमा मुलुकको हतियारबाट आफ्नो मुलुकमा आक्रमण भएपछि रुसलाई जवाफी आक्रमण गर्ने अधिकार भएको पुटिनको भनाई छ ।
यसैविच, मध्यम दुरीको क्षेप्यास्त्र युक्रेनी सैन्य स्थानमा प्रहार गरेको रुसले जनाएको छ ।
आगामी दिनमा थप आक्रमण हुन सक्ने भएकाले युक्रेनका सर्वसाधारणलाई सचेत रहन पुटिनले आग्रह गर्नुभएको छ ।