अन्तर्राष्ट्रिय

पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै प्रर्दशनः ४ हजार बढी समर्थक पक्राउ

- केएफएम डेस्ककाठमाडौं

जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै प्रर्दशनमा उत्रीएका पाँच जना सांसद् सहित ४ हजार बढी समर्थकलाई प्रहरीले हिरासतमा लिएको छ ।

 खानको रिहाइ एवं वर्तमान सरकारको राजीनामाको माग गर्दै प्रदर्शन गरेको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको पूर्वी पञ्जाब प्रान्तका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

 पाकिस्तानका एक मन्त्रीका अनुसार इश्लामावादको निषेधित क्षेत्र तोडेमा प्रहरीले थप प्रदर्शकारीलाई समेत नियन्त्रणमा लिने चेतावनी दिएको छ । यसअघि आज विहान पनि पूर्व प्रधानमन्त्री खानका सैयौं समर्थकहरु प्रदर्शनमा उत्रीएका थिए ।

 खान विभिन्न मुद्दाहरूको सामना गर्दै विगत एक वर्षभन्दा बढी समयदेखि जेलमा हुनुहुन्छ खानको पार्टी पाकिस्तान तेहरीक इन्साफ (पीटीआइ) ले भने आफूहरुमाथि राजनीतिक रूपमा प्रेरित मुद्दा लगाइएको बताउँदै आएको छ ।