पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको रिहाई गर्न माग गर्दै राजधानी इस्लामावादमा प्रदर्शन
- काठमाडौंपाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहाई गर्न माग गर्दै राजधानी इस्लामावादमा आज पनि प्रदर्शन भएको छ ।
प्रदर्शनकारी प्रवेश निषेध गरिएको रेड जोन क्षेत्र निकट पुगेपछि त्यहाँको सुरक्षा फौजले अश्रु ग्यास प्रहार गरेको हो ।
रेड जोनमा संसदीय भवन तथा अन्य महत्वपूर्ण सरकारी भवन रहेका छन् । सो प्रदर्शन खानका समर्थकहरुले सरकारलाई अन्तिम चेतावनी दिन आयोजना गरेको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीलाई पूर्व प्रधानमन्त्री खानले आफ्नो माग पूरा नगरेसम्म राजधानीमा रहन समेत आग्रह गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री खान अहिले भ्रष्टाचारको मुद्दामा ३ वर्षको जेल सजाय काटिरहनु भएको छ ।
यद्यपी, उहाँले सो आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ ।
यता अधिकारीहरुले प्रदर्शन नियन्त्रण गर्न राजमार्ग, मोबाइल तथा इन्टरनेट सेवा बन्द गरेर इस्लामावादलाई लकडाउनको जस्तै अवस्थामा पु¥याएका छन् ।
आइतबारबाट सुरु भएको विरोध प्रदर्शनमा प्रहरीले सयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेका छन् ।
प्रदर्शनमा खानको पत्नी बुस्रा बीबीसमेत सहभागी हुनु भएको छ ।