अन्तर्राष्ट्रिय

इस्लामावादमा प्रदर्शन चर्कियो

- एजेन्सी

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहाई गर्न माग गर्दै राजधानी इस्लामावादमा आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी प्रवेश निषेध गरिएको रेड जोन क्षेत्र निकट पुगेपछि त्यहाँको सुरक्षा फौजले अश्रु ग्यास प्रहार गरेको हो । रेड जोनमा संसदीय भवन तथा अन्य महत्वपूर्ण सरकारी भवन रहेका छन् । 

सो प्रदर्शन खानका समर्थकहरुले सरकारलाई अन्तिम चेतावनी दिन आयोजना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीलाई पूर्व प्रधानमन्त्री खानले आफ्नो माग पूरा नगरेसम्म राजधानीमा रहन समेत आग्रह गर्नु भएको छ । पूर्व प्रधानमन्त्री खान अहिले भ्रष्टाचारको मुद्दामा ३ वर्षको जेल सजाय काटिरहनु भएको छ । 

यद्यपी, उहाँले सो आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ । यता अधिकारीहरुले प्रदर्शन नियन्त्रण गर्न राजमार्ग, मोबाइल तथा इन्टरनेट सेवा बन्द गरेर इस्लामावादलाई लकडाउनको जस्तै अवस्थामा पु¥याएका छन् । आइतबारबाट सुरु भएको विरोध प्रदर्शनमा प्रहरीले सयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेका छन् । प्रदर्शनमा खानको पत्नी बुस्रा बीबीसमेत सहभागी हुनु भएको छ ।