युक्रेनको आक्रमणबाट उर्जा प्रणलीमा क्षती भयोः रुसी राष्ट्रपति
- काठमाडौंअमेरिका र बेलायतले दिएको लामो दूरीका हतियार प्रयोष्ग गरि युक्रेनले आफ्नो मुलुकमा गरेको आक्रमबाट उर्जा प्रणलीमा क्षती पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
त्यसपछि रुसले आज मात्रै युक्रेनको ऊर्जा पूर्वाधारमा जवाफी मिसाइल प्रहार गरेको छ ।
सो हमलाबाट १० लाख बढी युक्रेनी नागरिक विद्युत सेवाबाट बञ्चित भएकोे अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमला तल्लो स्तरको उक्साहट भएको टिप्पणी गर्नुभएको छ ।
रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्न चाहेको अभिव्यक्ति दिएपनि हमला गर्न भने रोकिएको छैन । युक्रेनको ऊर्जा प्रणालीमा भएको सो हमला यसै महिनाको दोस्रो हो ।