इजरेल– हिजबुल्लाहबीच युद्धविरामका बावजुत युद्ध जारी
- काठमाडौंइजरेल–लडाकु समूह हिजबुल्लाहबीच युद्धविरामका बावजुत अझै युद्ध जारी रहेको छ ।
पछिल्लो समय इजरेलको आक्रमणका कारण लेवनानका स्टेट सेक्युरिटी अफिसर सहित ११ जनाको मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।
इजरेलले हिजो लेवनानमा आक्रमण गरेर २ जनाको हत्या गरेसंगै युद्धविराम सम्बन्धी सम्झौता उल्लंघन भएको थियो ।
जवाफी आक्रमण सहित लेवनानले इजरेलको सैन्य क्षेत्रमा आक्रमण गरेको छ ।
लगत्तै इजरेलले इजरेलले हवाई आक्रमण गर्दा थप ९ जनाको मृत्यु भएको लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजबुल्लाहले भने लेबनानले दावी गर्दै आएको क्षेत्रमा रहेको इजरेली सैन्य स्थानमा हमला गरेकाले युद्धविरामको उल्लंघन नगरेको रक्षात्मक प्रतिक्रिया दिएको छ ।