अन्तर्राष्ट्रिय

आफूलाई नेटोको पूर्ण सदस्य बनाउन युक्रेनको माग

- एजेन्सीकाठमाडौं

युक्रेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको पूर्ण सदस्य भए मात्र रुसबाट सुरक्षित हुने दाबी गरेको छ । 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ब्रसेल्समा भएको नेटोको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा आफ्नो देशलाई सदस्यता सिफारिस गर्नेमा आशावादी भएको उल्लेख गर्नुभएको छ । 

यता, अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्न करिब महिनादिन मात्र बाँकी रहँदा नेटोको सो बैठकले युक्रेनलाई सदस्यता नदिने सङ्केत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, राष्ट्रपति जेलेन्स्कीले नेटोलाई सदस्यताको लागि आग्रह गर्नुभएको हो ।

 ट्रम्पले आफू सत्तामा आएपछि रुसलाई युद्ध अन्त्य गर्न दबाब दिने बताइरहँदा युक्रेनले युद्धबाट सुरक्षित अवतरणको लागि नेटोको सदस्यता मागेको हो । रूसी आक्रमणलाई रोक्न नेटोमा पूर्ण सदस्यता आवश्यक भएको युक्रेनले बताउँदै आएको छ ।