दक्षिण कोरियामा सैन्य शासन लागु
-दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशमा आपतकालीन सैन्य शासन लागु गरेको घोषणा गर्नुभएको छ । सरकारी टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको सुरक्षा बल र देशको सुरक्षाका लागि सो कदम आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
साथै, उहाँले देश विरोधी गतिविधि रोक्न समेत सैन्य शासन लागु गरिएको बताउनुभएको छ । राष्ट्रपति युनले सैन्य शासन संकटकालिन अवस्था रहे सम्म जारी रहने बताउनुभएको छ । त्यहाँको विपक्षी दलले भने सैन्य शासन लगाएको भन्दै राष्ट्रपतिको कदम असंवैधानिक ठहर गरेको छ ।