दमास्कस विद्रोही लडाकुको कब्जामा
-सिरियाको राजधानी दमास्कसमा विद्रोही लडाकु प्रवेश गरी कब्जा गरेका छन् । लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल–असदबाट राजधानी सहर मुक्त भएको उनीहरुले घोषणा गरेका हुन् । विद्रोहीपक्षले त्यस्तो घोषणा गरेपछि सरकारी सेना त्यहाँबाट फिर्ता भएको छ । विद्रोही पक्षले सरकारी निकायहरू आधिकारिक रूपमा हस्तान्तरण नभएसम्म पूर्व प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीको निगरानीमा रहने बताएका छन् ।
रिपोर्टका अनुसार असदले विमानमार्फत दमास्कस छोडेको दावी गरिएको छ । उनी अज्ञात गन्तव्यका लागि प्रस्थान गरेको बीबीसीले उल्लेख गरेको छ । पूर्व प्रधानमन्त्री जलालीले असद कहाँ छन् भन्ने थाहा नभएको बताउनुभएको छ । यसैबीच, सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको र सैदनाया जेलबाट हजारौं कैदीलाई मुक्त गरिएको देखाइएको छ ।