दक्षिण कोरियाली राष्ट्रपति युनलाई विदेश यात्रा गर्न प्रतिबन्ध
- काठमाडौंदक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योललाई विदेश यात्रा प्रतिबन्ध लगाएका छन् ।
गत मंगलबार असफल मार्शल ल घोषणा गरेका राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमाथिको मतदानमा सत्तारुढ पीपुल पावर पार्टी पीपीपीका सांसदहरूले उहाँ महाभियोग लाग्नबाट बच्नुभएको थियो ।
युनको कदमको विरोधमा दशौं हजार मानिसहरू सडकमा उत्रिएका थिए । उता, सिरियाका राष्ट्रपति बसर अल–असद रुसको राजधानी मस्को पुग्नुभएको छ ।
मुलुक छाडेर भागेका राष्ट्रपति अल–असद मस्कोमा रहेको रुसी सञ्चारमाध्यमलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । २४ वर्ष सिरियामा शासन गरेका राष्ट्रपति अल–असदले मुलुक छाडेर भागेसँगै विपक्षी विद्रोही लडाकुले राजधानी दमास्कस प्रवेश गरी सत्ता कब्जा गरेका छन् ।