विश्वव्यापी रुपमा मानव बेचबिखन घटना २५ प्रतिशतले बृद्धि
- काठमाडौंविश्वव्यापी रुपमा मानव बेचबिखन घटना २५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायको मानव बेचबिखनसम्बन्धी पछिल्लो प्रतिवेदनले विश्वका विभिन्न देशमा मानव वेचविखनको समस्या व्यापक बन्दै गएको देखाएको हो । सन् २०१९ देखि सन् २०२२ सम्म गरिएको अध्ययनमा आधारित भई प्रतिवेदन तयार पारिएको थियो ।
सो प्रतिवेदनले गरिबी, द्वन्द्व र जलवायु परिवर्तन जस्ता समस्या बढ्दै जाँदा बालशोषण र जर्बजस्ती श्रमका लागि बेचबिखन गर्ने प्रवृत्ति देखिएको जनाएको छ ।
प्रतिवेदनमा कोभिड–१९ महामारीपछि मानव बेचबिखनका विविध पक्षको विश्लेषण र विवरण समावेश गरिएको छ । प्रतिवेदनले १ सय ५६ देशमा भएका घटनाहरुलाई समेटेको बताइन्छ ।