युक्रेनको पूर्वाधारलाई लक्षित गर्दै रुसको आक्रमण तीब्र
-रुसले युक्रेनको पूर्वाधारलाई लक्षित गर्दै मिसाइल र ड्रोनको आक्रमण तीब्र पारेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध हवाई हमला गरेको , ९३ वटा क्षेप्यास्त्र तथा करिब २ सय ड्रोन प्रहार गरेको पुष्टि गर्नुभएको हो । उहाँले सो हमला विगत ३ वर्षमा युक्रेनको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो आक्रमण गरेको बताउनुभयो ।
रुसी हमलाको जवाफमा युक्रेनको रक्षा पंक्तिले ८१ वटा मिसाइलहरू नष्ट गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ११ वटा क्रुज मिसाइलहरू परेका थिए । रुसले यस्ता आक्रमणबाट लाखौं मानिसहरूलाई आतंकित गरिरहेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय एकताका लागि राष्ट्रपति जेलेन्स्कीले आव्हान समेत गर्नुभएको छ ।