अन्तर्राष्ट्रिय

आफूमाथि हमला गर्न रुसले उत्तर कोरियाली सैनिक खटाएको युक्रेनको आरोप

- एजेन्सीकाठमाडौं

रुसले क्रुस्क क्षेत्रमा युक्रेनमाथि हमला गर्न उत्तर कोरियाली सैनिक तैनाथ गर्न सुरु गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाउनुभएको छ ।

 राष्ट्रपति जेलेस्न्कीले युक्रेनसँग पहिले नै प्रारम्भिक तथ्याङ्क भएको र सो तथ्याङ्कअनुसार रुसीहरूले उत्तर कोरियाली सैनिकलाई आक्रमणमा प्रयोग गर्न थालेको बताउनुभएको हो । 

प्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेस्न्कीले उत्तर कोरियाली सैनिक धेरै सङ्ख्यामा रहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 रुसी सेनाले उत्तर कोरियाली सैनिकलाई रुसी संयुक्त एकाइहरूमा समावेश गर्ने र क्रुस्क क्षेत्रमा सञ्चालनमा प्रयोग गर्ने जेलेन्स्कीको भनाई छ । 

अहिलेसम्म त्यहाँ मात्र तैनाथ गरिएको भएपनि, उनीहरूलाई फ्रन्टलाइनका अन्य भागहरूमा पनि पठाउन सकिने राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।