भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोबल र चीनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
-पाँच वर्षपछि चीनको बेइजिङमा पुग्नुभएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र चीनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । डोभलले चिनियाँ विदेशमन्त्री वाङसँग सीमामा शान्ति र सम्बन्ध द्धिपक्षीय पुनःस्थापनाका विषयमा वार्ता गर्नुभएको छ । डोबलको नेतृत्वमा भारतीय विशेष प्रतिनिधिमण्डल र वाङको नेतृत्वमा चीनका प्रतिनिधिमण्डलबीच सीमा विवाद लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधिमण्डलको वार्ता सीमा क्षेत्रको शान्ति व्यवस्थापनका बारेमा छलफल भएको बताइएको छ । यसअघि, दुवै देशका विशेष प्रतिनिधिको वार्ता २०१९ को डिसेम्बरमा भएको थियो । वार्ताका लागि भारतकातर्फबाट विशेष प्रतिनिधि डोभाल र चिनियाँ पक्षको नेतृत्व विदेशमन्त्री वाङले गर्नुभएको छ । लद्दाखको पूर्वी क्षेत्रमा सैन्य गतिरोधका कारण चार वर्षभन्दा बढी समयदेखि दुईदेशबीच सम्बन्ध चिसिएको थियो ।